काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयमा ७९ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रधान कार्यालयले आज निकालेको सरुवाको सूची अनुसार नमहानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा अशोक सिंह आएका छन् ।


ADVERTISEMENT


त्यस्तै, कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङ आएका छन् भने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा उमेश राज जोशी आएका छन् ।


ADVERTISEMENT

# # #


चितवनमा सुशील सिंह राठौर सरुवा भएका छन् भने भक्तपुर हिमालय श्रेष्ठ आएका छन् । त्यसैगरी, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ ।

३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठ पुगेका छन् ।