काठमाडौं -सरकारी निर्णयको विरोधसंग हड्तालमा नउत्रिने लिखित प्रतिवद्धतापछि कैलालीका ८ यातायत व्यवसायी रिहा भएका छन् । सिन्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत हड्तालमा उत्रिएका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार पक्राउ परेका व्यवसायीले
हडताल नगर्ने, प्रालिमा दर्ता हुने र नियमानुसार यातायात सञ्चालन गर्ने सर्तमा हस्ताक्षर गरेपछि छाडिएको हो ।


ADVERTISEMENT


कैलालीमा कर्णाली रिभर यातायात व्यवसायी संघका पदाधिकारी धिरज शाही, महासचिव गणेशराज ओली, कोषाध्यक्ष जैरु बुढा ,ज्ञानु भण्डारी र कृष्णप्रसाद भट्टराई पक्राउ परेका थिए । यस्तै सुदुरपश्चिम यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष टेकराज जोशी र सचिव राजु गिरी पनि पक्राउ परेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि गृहमन्त्री रामबहादुर थापाले देशभरका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ परेका व्यवसायीलाई आवश्यक सेना ऐन २०१४ अनुसार कार्वाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।