काठमाडौँ– डिआइजी नवराज सिलवालले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिका क्रममा आफुलाई अन्याय भएको भन्दै दायर रिट निवेदनको सुनुवाई स्थगित भएको छ । निलम्बनमा पर्नु अघि तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई म‌ंगलबार तोकेकी थिइन् । अव उक्त मुद्दाको सुनुवाई कहिले हुने भन्ने कुरा निर्क्यौल भइसकेको छैन ।


ADVERTISEMENT


उक्त मुद्दामा सिलवालको पक्षधरता लिएको लगायतका आरोप लगाएर कार्कीबिरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनी आइतवार निलम्बनमा परेकी थिइन् । सोमबार विश्व मजदुर दिवसका कारण विदा परेकोले कायममुकायम प्रधानन्यायधीश गोपाल पराजुलीको पहिलो कार्यदिनमा उक्त मुद्दाको सुनुवाई स्थगित भएको हो ।


ADVERTISEMENT

# # #


डिआइजी सिलवालकै पक्षधरता लिएको तथा कार्यकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको अभियोगमा सत्तारुढ दलहरु नेपाली क‌ंग्रेस र माओवादीका २ सय ४९ जना सभासद्ले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।