एजेन्सी– गलबार सोनम कपुर र आनन्द अहुजाको विवाह भयो । यी दुईको विवाह थुप्रै कारणले चर्चामा रहेपनि उनीहरुको केकले तहल्कै मच्चायो ।


ADVERTISEMENT


वास्तवमा, यो केकमा दुलहा–दुलही बनाइएको थियो जहाँ बास्केटबल कोर्ट पनि थियो । केकमा बनेको आकृतीका अनुसार बेहुलीले बेहुलाको कठालो समातेर घिसारिरहेकी छिन् । यो आकृतीलाई सोनम र आनन्दसँग जोडिएको छ किनभने आनन्दलाई बास्केटबल खेल्न निकै मनपर्छ ।


ADVERTISEMENT

# # #


के यो केकमार्फत सोनमले विवाहपछि आफ्ना श्रीमान् आनन्दको यो शौखमा पूर्ण रुपमा लगाम लगाउनेछिन् भन्ने खोजिएको हो वा वा केक आर्टिस्टले अब आनन्दले विवाह पछि आफ्नो बास्केटबलको शौखलाई छोडेर आफ्नी श्रीमतीलाई समय दिनुपर्ने सल्लाह दिन खोजेका हुन् ? त्यो भने सम्बन्धित व्यक्तिलाई नै थाहा होला ।

रिपोर्टका अनुसार विदाई अघि यो केक कटिङ सेरेमनीको आयोजना गरिएको थियो । उनले गलामा मंगलसूत्र, हातमा रातो चुरा र सिउँदोमा सिन्दुरसहित उक्त केक काटेकी हुन् ।