काठमाडौं – लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौंको नयाँ बसपार्कस्थित आकासेपुल मुनी ब्राउन सुगर बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बर्दीया स्थायी घर भई काठमाडौं माछापोखरी बस्दै आएका ३० वर्षीय पंकज पुरी, तारकेश्वर नगरपालिका–५ का १८ वर्षीय प्रदिप लामिछाने, मित्रनगर बस्ने वर्ष ४७ वर्षीय किरण श्रेष्ठ र २८ वर्षीय थिरबहादुर बस्नेत रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरूको साथबाट १३।५ ग्राम ब्राउन सुँगर र एक लाख ३० हजार नगद समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए ।