सिमकोट– कर्णाली प्रदेश सरकारले हुुम्ला जिल्लाको ४३ मेगावाट विद्युुत् उत्पादन गर्नसक्ने क्षमताको कवाडी खोला जलविद्युुत् आयोजनाको सर्भे गर्ने भएको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशभित्रका दसवटै जिल्लामा रहेका सम्भावित जलविद्युुत् आयोजनाको सर्भे गर्ने नीति अनुुसार सर्भे गरिने भएको हो ।


ADVERTISEMENT

# # #


केही दिनअघि कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको नीति तथा कार्यमा हाललाई चार हजार तीन सय मेगावाट विद्युुत उत्पादन गर्न सकिने र यसका लागि यसै आर्थिक वर्षमा सर्भे गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

सिङ्गो हुम्ला कर्णालीसहित हुुम्ला जिल्लामा थुुप्रै खोला नाला भए पनि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४३ मेगावाट क्षमताको ताजाकोट गाउँपालिकाको कवाडी खोला र सदरमुुकाम सिमकोटका लागि दुुई मेगावाटको हेप्का वा दोजाम कर्णालीबाट विद्युत् उत्पादन गर्न सर्भे गरिने उनले बताए। सर्भे कार्य चाँडै अगाडि बढाउन प्रदेश सरकारले प्रक्रिया अगाडि बढाइसकेको मन्त्री रावलले बताए ।

प्रदेश सरकारको यो निर्णयसँगै हुम्लावासी खुुसी भएका छन् । सिमकोटका लागि हेक्पा वा दोजाम कर्णालीबाट विद्युत् उत्पादन भए हाल सिमकोट र खार्पुुनाथ गाउँपालिकाले झेल्दै आएको लोड सेडिङबाट मुुक्ति मिल्ने छ भने कवाडी खोलाबाट उत्पादन हुने विद्युुत् हुुम्ला जिल्लालाई धानेर राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने छ ।

त्यससँगै प्रदेश सरकारले केही ठूलो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्ने नीति लिएको उनले बताए ।