काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको सभापति र पदाधिकारीको राष्ट्रिय प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । नेविसंघका दुई पक्षबीच कुरा नमिल्दा कार्यक्रम स्थगित भएको हो ।


ADVERTISEMENT


सुन्दरीजलस्थित विपी संग्रहालयमा आज हुने भनिएको प्रशिक्षण विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएको नेविसंघका उपाध्यक्ष पुष्प शाहीले हिमालयपोष्टलाई बताए । उनले भने, ‘दुई पक्षबीचको सहमती अनुसार विशेष कारणवश अहिलेलाई प्रशिक्षण कार्यक्रम स्थगित गर्नु परेको छ ।’ सुन्दरी जलस्थित विपी संग्रहालयमा आज दुई पक्षले अलग–अलग कार्यक्रम एकै समय र एकै स्थानमा आयोजना गरिएपछि विवाद उत्पन्न भएको थियो ।


ADVERTISEMENT

# # #


नेविसंघका दुईवटै पक्षबीच भएको सहमती अनुसार भोलि नेविसंघको केन्द्रीय समिती पदाधिकारीको बैठक बसेर संगठनलाई सञ्चालन गर्ने र भावी र्काक्रम तय गर्ने सहमती भएको उपाध्यक्ष शाहीले बताए ।