गोरखा–जिल्लाको गोरखा नगरपालिका–१०, छेवेटारमा बुधवार राति ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।


ADVERTISEMENT


छेवेटारबाट बाह्र किलो जाँदै गरेको ना ५ ख १४७२ नम्वरको ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय चन्द्रमान श्रेष्ठको ज्यान गएको हो


ADVERTISEMENT

# # #


पैदल हिँडिरहेका श्रेष्ठलाई ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गोरखाका इञ्चार्ज दयाराम पौडेलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, गोरखा ल्याउने तयारी भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।