काठमाडौं–कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका वासिन्दाले अब आफ्नो धारामा आउने पानीको महशुल मोवाईलबाट नै तिर्न सक्ने छन् । वीरेन्द्रनगरमा खाने पानी वितरण गर्दै आएको उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाले अबदेखि पानीको वीले मोवाईलबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । त्यसका लागि संस्थाले ई–सेवासंग सहकार्य गरेको छ ।


ADVERTISEMENT


खानेपानीको सेवावापत लिईने महशुल भुक्तानि गर्नका लागि समेत धेरै ग्राहकले धेरै समय खर्च गर्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाईनबाट विल भुक्तानी गर्न सक्ने वातावरण मिलाइएको संस्थका अध्यक्ष कुलमणी देवकोटाले बताए ।


ADVERTISEMENT

# # #


‘यथासक्य राम्रो सेवा प्रवाह गर्ने संस्थाको उद्देश्य अनुसार संस्थाले विभिन्न निकायहरुसँग समयसमयमा छलफल, परामर्श र समन्वय गरि सेवा स्तर उन्नति गर्ने कार्य अगाडि वढाइरहको छ ।’ संस्थाका अध्यक्ष देवकोटो भने– ‘उपभोक्ताले आफ्नो मोवाईल फोनको प्रयोगबाट ई–सेवामार्फत खाने पानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।’

संस्थाको अनलाईन विल भुक्तानिका लागि दियालो टेक्नालोजिले ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर बनाएको हो ।