जनकपुरधाम–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोलि जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्रको भाषा नेपाली नै हुने भएको छ ।


ADVERTISEMENT


मोदी भोलि नेपालको राजकीय भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, अभिनन्दन पत्र चार भाषामा हुने भन्ने खबर आएपछि सर्बत्र आलोचना भएको थियो ।


ADVERTISEMENT

# # #


जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दनपत्र नेपाली भाषामा नै हुने बताए । उनले भने, ‘ताम्रपत्र काठमाडौंबाटै नेपाली भाषामा बनेर आएको छ, दिने क्रममा हामी मैथिली भाषामा पढ्छौं,’ उनले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रम करिव ४०–४५ मिनेटको हुनेछ ।

जनकपुरका मेयर साहका अनुसार भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीका लागि ८० प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम पनि आज पूरा हुनेछ ।