काठमाडौं–भारतको दक्षिणी राज्य कर्नाटकको चुनाव प्रचार नरेन्द्र मोदीले नेपालबाट गर्न थालेको टिप्पणी बिबिसी हिन्दी अनलाइनले प्रकाशित गरेको छ । कर्नाटकको चुनाव प्रचारको शून्य समयमा मोदी जनकपुर पुग्दै छन् ।


ADVERTISEMENT


उनले रामजानकी मन्दिरमा पूजा गरेको दृश्य टेलिभिजनबाट प्रसारित हुनेछ । कर्नाटकका हिन्दू मतदातालाई प्रभावित गर्न मोदीको भारतीय जनता पार्टीले यो योजना बनाएको टिप्पणी बिबिसी हिन्दीका पत्रकार अनिल चमडियाको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार मोदीले यस्तो उपाय पहिलोपटक निकालेका होइनन् । गत वर्ष ८ मार्चमा उत्तर प्रदेशमा निर्वाचन भइरहेकै दिन मोदीले गुजरातमा सोमनाथ मन्दिरको दर्शन गरेका थिए । जसलाई सञ्चारमाध्यमले महत्वका साथ प्रसार गरेका थिए ।