काठमाडौं–संघीय संसद अन्तर्गत प्रतिनिधी सभाको बैठक शुरु भएको छ । बिहान ११ बजेबाट शुरु भएको बिहिबारको बैठकमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख २८ र २९ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बारेमा जानकारी गराएका थिए भने राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई स्वीकृत गरिएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै अर्थमन्त्री यूवराज खतिवडाले आर्थिक बर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस भनेर प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमाथि आज पनि संसदमा छलफल हुनेछ ।