काठमाडौँ–नेपालीहरुको परनिर्भरता बढ्दै गएको पछिल्लो व्यापार घाटाले प्रष्ट पार्छ । नेपालीहरुमा पछिल्लो समय जंकफुडको संस्कृति पनि उतिकै मौलाउँदो छ । दालमोठकै (जंक फुड) लागि करोडौँ रुपैयाँ नेपालबाट बाहिरिन्छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको (२०७४/७५) ९ महिनामा दालमोठका लागि ४७ करोड २५ लाख ६३ हजार ९६ रुपैयाँ बाहिरिएको छ । अर्थात सो रकम बराबरको विदेशी दालमोठ नेपालीले खाएका छन् । सबैभन्दा बढी भारतबाटै आयात भएको छ । चैतसम्म भारतबाट ४७ करोड १६ लाख ३५ हजार ७ सय ६० रुपैयाँको दालमोठ आयात भएको भन्सार विभागले जनाएको छ । दोस्रोमा बंगलादेशबाट ८ लाख १९ हजारको दालमोठ निर्यात भएको छ । यता चाइनाबाट पनि १ लाख ५ हजारको दालमोठ आयात भएको छ । सबैभन्दा थोरै थाइल्याण्डबाट ३ हजार एक सय ६६ रुपैयाँको दालमोठ आयात भएको हो ।


ADVERTISEMENT

# # #


गत वर्षको (२०७३/७४) यसै अवधिमा ५७ करोड २ लाख ७७ हजार रुपैयाँको दालमोठ आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्ष भने दालमोठ आयात ९ करोड ७७ लाख १४ हजार रुपैयाँले कम हो ।

२ करोड ९२ लाखको दालमोठ निर्यात
उसो त नेपालबाट दालमोठ निर्यात हुने गरेको तथ्यांक पनि भेटिएको छ । चालु आवको नौ महिनामा २ करोड ९२ लाख २३ हजार रुपैयाँको दालमोठ आयात भएको भन्सार विभागको तथ्यांकमा छ । गत वर्ष यो भन्दा दोब्बर दालमोठ निर्यात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको नौ महिनामा ४ करोड ६४ लाख रुपैयाँको दालमोठ निर्यात भएको थियो । भारत, चीन, अस्ट्रेलिया, अमेरिका, भुटान, मलेसिया जापान लगायत देशमा निर्यात भएको हो ।