काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आज र भोलि पानी पर्न सक्ने प्रक्षेपण गरेको छ ।


ADVERTISEMENT


महाशाखाले जनकपुर, मुस्ताङ, पोखरा र काठमाडौंको चारदिने मौसमी सूचना सार्वजनिक गर्दै यस्तो पूर्वानुमान गरेको हो । मुस्ताङमा भने हिमपात यथावत रहने अनुमान छ । मुस्ताङमा केही दिनदेखि बेमौसमी हिमपात भइरहेको छ ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार महाशाखाले मौसमी सूचना सार्वजनिक गरेको हो ।

महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा पनि विशेष मौसमी सूचना निकालिएको थियो ।