काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा अंग परिचालन गरिएको छ ।


ADVERTISEMENT


गृहमन्त्रालयका अधिकारीहरुका अनुसार जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालित छन् । नेपाली सुरक्षाकर्मी बाहेक भारतले पनि आफ्ना सुरक्षाकर्मीको छुट्टै टोली खटाएको छ ।


ADVERTISEMENT

# # #


मुक्तिनाथमा भारतीय सेनाको टोली बिहीबार नै पुगिसकेको छ ।

विमानस्थल बन्द गरिने

धार्मिक र सांस्कृतिक भ्रमणका लागि मोदी पटनाबाट सीधै जनकपुर आउँदैछन् । त्यहाँ जानकी मन्दिरमा पूजाआजा गरेर नागरिक अभिनन्दन ग्रहण गरेपछि उनी दिउँसो १ बजे काठमाडौं आउनेछन् ।

मोदी विमानस्थलमा अवतरण गर्नुभन्दा केहीबेर अघिदेखि नै सबै उडान अवतरण रोकिने छ । करिब १ बजेदेखि करिब पौने २ बजेसम्म नियमित उडान अवतरण रोकिने विमानस्थल स्रोतले बतायो ।

मोदी त्रिभुवन विमानस्थलमा करिब सवा १ बजे अवतरण गरेपछि त्यहाँबाट सीधै होटल हायातमा जानेछन् । एयरपोर्ट–गौशाला–चाबहिल हुँदै चुच्चेपाटीस्थित होटल हायातमा पुग्दा सडक पनि खाली गराइने छ ।

विमानस्थलबाट चुच्चेपाटी, चुच्चेपाटीबाट सम्मान गारद ग्रहण गर्ने स्थान टुँडिखेल, टुँडिखेलबाट उपराष्ट्रपति कार्यालय बहादुर भवन, बहादुर भवनबाट शितल निवास र शितल निवासबाट बत्तीसपुतली लगायतका क्षेत्रमा पनि कडाइ गरिएको छ ।