काठमाडौं–दुई दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान सबैरै मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नेछन् ।


ADVERTISEMENT


मुक्तिनाथ दर्शन गर्न मोदी बिहान ६ बजे बिमानस्थल पुग्नेछन् । त्यसपछि ६ः२० मा उनी भारतीय सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर परिसर पुग्ने कार्यक्रम रहेको छ । ७ः५० मा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी ८ः३० बजे मुक्तिनाथबाट जोमसोमहुँदै काठमाडौं आउने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो छ आजको तालिका–

–बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान

–६ः२० मुक्तिनाथ प्रस्थान

–७ः५० मुक्तिनाथ दर्शन

–८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान

–८ः५० जोमसोम अवतरण

–९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान

–१०ः२० काठमाडौं अवतरण

–१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान

–११ः३० होटल हायात प्रस्थान

–१२ः५० हायातमा लन्च

–२ः००-२ः३० नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता

–२ः३० चावहिल, महाराजगञ्जहुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान

–२ः४५-३ः३० नागरिक अभिनन्दन

–३ः४५ नयाँ बानेश्वर, तीनकुनेहुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

–४ः०० नयाँ दिल्ली दिल्ली प्रस्थान