काठमाडौं–काठमाडौको छुट्टाछुट्टै स्थानमा आज बिहान भएका २ सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।


ADVERTISEMENT


काठमाडौंको पानीपोखरीमा शनिबार बिहान ३ बजे बा १७ च १६ नम्बरको कुखुरा बोक्ने भ्यान र बा ७०प १२३६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर भएको दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं गोल्फुटारका २५ वर्षीय रिवाज गुरुङ घाइते भएका छन् । घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकै स्वयम्भुमा आजै बिहान सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

ट्याक्सी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक गोरखाका २२ वर्षीय अमृत लामिछाने र मोटरसाइकलमा पछाडि सवार लमजुङकी ३२ वर्षीया सुमित्रा भुषाल घाइते भएका हुन् । प्रहरीका अनुसार उनीहरु दुवै जनाको मनमोहन अस्पताल, स्वयम्भूमा उपचार भइरहेको छ ।