काठमाडौं–नेपाल प्रहरीका ४५ जना डिएसपीको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सरूवा निकालेको हो । जसअनुसार, काठमाडौं नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ ।


ADVERTISEMENT


यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, , बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, बैतडीमा नेत्रमणि गिरि, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैयामा दीपक खड्काको सरुवा भएको छ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् कसको कहाँ सरुवा भयो (सूचीसहित)