काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।


ADVERTISEMENT


यो सँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।


ADVERTISEMENT

# # #


मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए ।

शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । काठमाडौं फर्किएर मोदीले पशुपतिनाथमा पूजा गर्ने कार्यतालिका छ ।