काठमाडौं–भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । उनले आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


आजादले शुक्रबार जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।


ADVERTISEMENT

# # #


आजादको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले एक ट्वीट गर्दै यसप्रति कडा आपत्ति जनाएका हुन् ।

‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’, निधिले ट्वीट गर्दै भनेका छन्, ‘त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो ।’