बुटवल–विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।


ADVERTISEMENT


केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्पलालपार्कमा प्रदर्शन भएको थियो । प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको पक्राउ परेका पार्टीका प्रदेश संयोजक सैंजूले स्रोतलाई बताए ।