वीरगंज–नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ ।


ADVERTISEMENT


सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् ।


ADVERTISEMENT

# # #


आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

विहानमात्रै सो पार्टीका कार्यकर्ताले धादिङमा भारतीय नम्बर प्लेटको गाडी जलाएको थियो ।