विराटनगर– एक सातादेखि नेपाल टेलिकमको टेलिफोन सेवा विराटनगरको महेन्द्र चोकको पश्चिमी क्षेत्रमा अवरुद्ध भएको छ ।


ADVERTISEMENT


सो सेवा र एडिएसएल सेवासमेत अवरुद्ध भएपछि सयौँ टेलिफोन उपभोक्ता मारमा परेका छन् । नेपाल टेलिकम विराटनगरका प्राविधिक प्रमुख बच्चुराज खतिवडाले ती स्थानमा सेवा सञ्चालन गर्न अझै १० दिन लाग्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


महेन्द्र चोकदेखि रोडशेषसम्म करिब एक किलोमिटरको क्षेत्रमा विछ्याइएको केबुलमा चिसो पसेकाले समस्या सिर्जना भएको बताए । ती क्षेत्रमा खनेर तार झिक्नुपर्ने भएकाले थप दश दिन लाग्ने उनले उल्लेख गरे ।

सडक खन्नका लागि सम्बन्धित निकायका साथै ट्राफिक प्रहरीसँग इजाजत लिनुपर्ने कार्य सम्पन्न भइसकेकाले आजैदेखि माटो खन्ने कार्य सुरु हुने उनले जानकारी गराए ।