काठमाडौं–झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो ।


ADVERTISEMENT


प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । तर, सोमबारबाट लोडसेडिङ इतिहास बनेको छ ।


ADVERTISEMENT

# # #


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निकै मेहनतसाथ सबै विकल्पको प्रयोग गरेर देशलाई लोडसेडिङमुक्त पारिएको बताएका छन् ।

मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हटाइएको जानकारी दिएका छन् । उनले त्यसका लागि विद्युत् चुहावटलाई समेत २६ प्रतिशतबाट २० प्रतिशतमा झारिएको जानकारी दिएका छन् ।