काठमाडौं–भारतको मध्यप्रदेश इन्दौरमा तीन महिना चार दिनकी एक बालिकालाई अपहरण, बलात्कार र हत्याको मामलामा दोषी पाइएका अजय गडकेलाई अदालतले फाँसीको सजायँ सुनाएको छ । केन्द्र सरकारले पेस्को कानूनमा परिवर्तन गरेपछि मृत्युदण्डको सजायँ सुनाइएको यो पहिलो घटना हो ।


ADVERTISEMENT


केन्द्र सरकारले पेस्को कानूनमा संसोधन गरेर १२ वर्षभन्दा मुनिका बालबालिकालाई बलात्कार गर्नेलाई फाँसीको सजायँको कानूनलाई मंजुरी दिएको छ । बीबीसीका अनुसार न्यायाधिस वर्षा शर्माले लगातार सात दिनसम्म सात घण्टा केसको सुनुवाई गरेर २३ औं दिनमा मृत्युदण्डको सजायँ सुनाएकी हुन् ।


ADVERTISEMENT

# # #


न्यायाधिस वर्षाले आफ्नो आदेशमा भनिन्, ‘अभियुक्तले जुन जघन्य अपराध गरेका छन् त्यसलाई हेर्दा अपराधीलाई उच्चतम दण्ड दिनु उचित छ ता कि समाजमा यस्ता घटना नदोहोरियोस् ।’

घटना इन्दौरको राजवडा क्षेत्रको हो ।

पुलिस रेकर्ड अनुसार अभियुक्तले बिहान चार बजे ती बालिकालाई बोकेर लगेको, त्यसपछि बलात्कारपश्चात् हत्या गरिएको हो । बालिकाको शव नजिकैको घरको भुइँतल्लामा भेटिएको थियो ।

अदालतले आरोपीलाई दोहोरो फाँसीको सजायँ सुनाएको छ । अदालतले बलात्कारको मामलामा एक र हत्याको मामलामा अर्को गरी दोहोरो फाँसीको सजायँ सुनाएको हो

बालिकाका आमाबुवा आरोपीलाई छिटोभन्दा छिटो फाँसी दिइयोस् भन्ने चाहन्छन् । बालिकाकी आमाले भनिन्, ‘हामी छिटो मृत्युदण्ड दिइयोस् भन्ने चाहन्छौं । यसलाई निकै तड्पाएर मार्नुपर्छ जसरी हाम्री छोरीलाई यसले तड्पाएर मारेको थियो ।’