काठमाडौं–भारतको राजधानीसमेत देशका थुप्रै भागमा आइतबार बेलुका चलेको तीब्र गतिको हावाका कारण अहिलेसम्म ४८ को मत्यु भएको बताइएको छ भने ५० भन्दा बढी घाइते छन् ।


ADVERTISEMENT


उत्तर प्रदेशमा सबैभन्दा धेरै १८ को मृत्यु भएको छ भने पश्चिम बंगालमा १२, आन्ध्र प्रदेशमा नौ, तेलंगनामा तीन, गुजरातमा चारको मृत्यु भएको छ । दिल्लीमा १ सय ९ किलोमिटर गतीको आँधी चलिरहेको छ जसले दिल्लीको विभिन्न स्थानमा दुईको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी हुरीका कारण मानिसहरुको मृत्युमा दुख व्यक्त गर्दै ट्वीटरमा लेखे, ‘देशका केही भागमा आँधीका कारण भएको जनधनको क्षतीका कारण दुःखी छु । प्रभावित परिवारप्रति संवेदना । म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अधिकारीलाई प्रभावित व्यक्तिहरुको हरसम्भव मद्दत गर्नका लागि आग्रह गरिएको छ ।’

आइतबारको आँधी हुरी अघि मौसम विभागले सटिक अलर्ट जारी गरेको थियो ।

मौसम विभागले दिएको चेतावनीमा आइतबार दिल्लीसमेत राष्ट्रिय राजधानी दिल्ली र पश्चिम उत्तर प्रदेशमा तीब्र हावा चल्ने र पानी पर्ने चेतावनी दिइएको थियो र मानिसहरुलाई आफ्नो घरभित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो ।