बर्दिबास–महोत्तरीको बर्दिबासमा राजमार्ग अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन थालिएको छ। अतिक्रमण हटाउन यसअघि दश वर्ष भएका प्रयास असफल भएका छन् । राजमार्ग मिचेर बनाइएको अव्यस्थित घर, टहरा, पसलले बर्दिबास चोक तथा वरिपरी कुरुप देखिएको छ । बर्दिबास नगरपालिकाले सर्वपक्षीय भेलाबाट निर्णय गरेर साँघुरिएको राजमार्गलाई मापदण्ड अनुसार फराकिलो बनाउन लागेको बर्दिबास नगरपालिकाका सूचना अधिकारी चेतनाथ भट्टराइले जानकारी दिए ।


ADVERTISEMENT


पूर्व—पश्चिम महेन्द्र राजमार्ग र वीपी राजमार्गको सडकको केन्द्रदेखि दुवैतिर साढे ८२ फिट, बर्दिबास—जलेश्वर सडकको बीच भागबाट ५०—५० फिट खाली गराउन लागिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जनाए । ‘अव्यवस्थित सडकले बर्दिबास चोकलाई कुरुप बनायो,’ बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले भने,‘सडक डिभिजन कार्यालय जनकपुरसँग समन्वय गरेर डेढ बर्षमा चोकलाई सुन्दर बनाउने गरी काम थालेका छौं ।’


ADVERTISEMENT

# # #


राजमार्ग वरपरका पुराना रुख पनि हटाउन उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लाद क्षेत्रीले माग गरेका छन् । सकड किनारमा लगाइएका रुख हवाहुरीमा ढलेर जनधनको क्षति हुने भएकोे रुख हटाउन माग गरेको उनले बताए । नगरले सडक किनारको रुख हटाउन पनि पहल थालेको छ ।

सडक किनार खाली गराउन दश वर्षदेखि बवर्षेनी छिटफुट काम गरेपनि कतिक्रमित सडक पूर्णरुपमा खाली गराउन सकिएको छैन । जनप्रतिनिधि नहुँदा नगरपालिकाले सडक किनारको भौतिक संरचना खाली गराउन नसकेको हो । जगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि उनीहरूले कानुनअनुसार सडक किनारा खाली गराउन पहल थालेका हुन् ।

सडक अतिक्रमण गरेर निर्माण समाग्री राख्ने, गाईवस्तु बाँध्ने, ठेलागाडा राखेर व्यपार गर्ने, घर बनाउने क्रम बढेपछि सडक साँघुरिएर दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर डिल्लीप्रसाद मैनालीले बताए ।