काठमाडौँ– विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ ।


ADVERTISEMENT


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ । त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ । त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ । विश्व बरियतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ ।