काठमाडौँ– अबको नौ दिनपछि हुने ३४ जिल्लाका स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।


ADVERTISEMENT


आयोगको कार्यसूची अनुसार शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको जनाइएको छ । त्यस्तै आजै बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ । स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो चरणका लागि ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी परेको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका अनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ को उम्मेदवारी परेको र कतिले आफ्नो उम्मेदवारी हिजो अर्थात बैशाख २१ गते फिर्ता गरिसकेका छन् ।

यस्तै वडा सदस्यमा १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको थियो । सबैभन्दा बढी काठमाडौंमा ३ हजार ५ सय ६ जनाको उम्मेदवारी परेको थियो भने सबैभन्दा कम मनाङमा २ सय ३३ जनाको उम्मेदवारी परेको थियो ।