काठमाडौं–नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आन्दोलित भएको छ ।


ADVERTISEMENT


भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि त्यसको विरोध स्वरुप नेविसंघ आन्दोलित भएको जानकारी हिमालय पोष्टलाई प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #


नेविसंघले मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गरिरहेको छ । नेविसंघले १० बजेसम्म चक्काजाम गर्ने नेविसंघका केन्द्रिय सदस्य भिमकुमार गौतमले जानकारी दिएका छन् ।

सो क्षेत्र भएर आवत जावत गर्ने सवारी साधनलाई भने असर पुगेको छ ।

नेविसंघले आजादलाई कार्वाही गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास लैनचौरमा धर्ना दिने कार्यक्रम रहेको नेविसंघका केन्द्रिय सचिव डिल्ली राज हमालले जानकारी दिएका छन् ।