लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।


ADVERTISEMENT


पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार सोही ठाउँका दीपेश पासवान घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाईते भएका दासको मिर्चैयास्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते पासवानलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको बताइएको छ ।