काठमाडौं– आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गतेको संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुने भएको छ । सरकारले दुवै सदनको संयुक्त वैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी सोमबार अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।


ADVERTISEMENT

# # #