काठमाडौं । बर्तमान सरकारलाई आरोप लगाउनेहरुलाई सो आरोप पुष्टि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार युवा संघको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लम्पसार बनेको प्रमाण दिन चुनौति दिएका हुन् ।


ADVERTISEMENT

# # #


एमाले भारत विरुद्ध उफ्रिइरहोस् र त्यसको फाइदा आफूमात्रै लिइराख्न पाउँ भन्नेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टाउको दुःखेको उनले बताएका छन् ।

“हामी भारतको विरोधी होइनौँ । नेपालको हित चाहन्छौँ, मोदीको आगमनले द्विपक्षीय सम्बन्ध सुधार भएको छ । उहाँको वक्तव्यबाट पनि त्यो प्रष्ट हुन्छ” प्रधानमन्त्रीको भनाई थियो ।

उनले नेपालको हित विरुद्ध एक शब्द पनि कतै लेखेको बोलेको भेट्टाए प्रमाण ल्याउन चुनौतीसमेत दिए ।

युवा संघ नेपालले राजधानीमा भब्य भेला गर्दै स्थापना दिवस मनाएको छ । यस्तै युवासंघले विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।