काठमाडौं–सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज बाजुराको हिला नदिको चौरमा भेटिएको छ । चालक दलका दुवै सदस्य सकुशल रहेका छन् ।


ADVERTISEMENT


बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।


ADVERTISEMENT

# # #


सम्पर्कविहीन विमान बाजुराको हिला नदी किनारमा आपतकालीन अवतरण गरेको अवस्थामा केही बेरअघि भेटिएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ ।

बिमानले ११७० किलो खाद्यान्य सामाग्री लिएर उडेको थियो । उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो ।

पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपाली रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो । जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो ।