काठमाडौं–सलमान खानको फिल्म ‘रेस थ्री’ को ट्रेलर लञ्चको कार्यक्रम जुहुमा आयोजना गरियो । कार्यक्रममा फिल्मका स्टारकास्ट सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला उपस्थित थिए ।


ADVERTISEMENT


ट्रेलर लञ्च कार्यक्रमम सलमानले बबी देओललाई बडी देओल बताएका छन् । उनले भने, ‘बबी देओल अब बडी देओल बनिसकेका छन् ।’ बबीले यसको जवाफमा सलमानलाई भने, ‘मामु मेरा लागि एक फरिस्ता हुन् । उनले ममाथि विश्वास गरे ।’


ADVERTISEMENT

# # #


कार्यक्रममा ज्याकलिन फर्नान्डिसले सलमानको तारिफ गर्दै भनिन्, ‘म सलमान खानप्रति निकै ऋणी छु । किक मेरो करियरको टर्निङ पोइन्ट साबित भएको थियो ।’

फिल्मबारे कुरा गर्दै सलमानले भने, ‘समयको कमीका कारण रेस र रेस टु हेर्न पाएको छैन तर यो राम्रै रह्यो । रेस थ्रीमा मैले आफ्नो इनपुट हालेको छु ।’ रेस थ्री यसै वर्ष इदमा रिलिज हुनेछ । फिल्मलाई नायक रेमो डिसुजाले निर्देशन गरेका छन् ।

हेर्नुहोस ट्रेलर: