काठमाडौं–पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २–२ रूपयाँको दरले वृद्धि गरेको हो ।


ADVERTISEMENT


मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


ADVERTISEMENT

# # #


हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन् । बुधबार राति १२ बजेदेखि यो मूल्य लागू भएको छ ।

विगत केहि समयदेखी अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले पनि इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचिका आधारमा नयाँ विक्री मूल्य कायम गरेको हो । निगमले पछील्लो समय स्वचालित मूल्य प्रणाली अन्तरगत तेलको भाउ घटाउने तथा बढाउने गर्दै आइरहेको छ ।

नयाँ मूल्यसूचि अनुसार आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा रहेको छ भने डिजेलतर्फ भने २.२९ रूपयाँ घाटा रहेको छ।