काठमाडौं–बिहानको ताजा हावामा कहिले हिँड्नु भएको छ? थाहा छ, बिहानै उठ्नु सबैलाई कष्टकर लाग्छ तर बिहानको चिसो र ताजा हावामा हिँड्दा तपाईंले स्वास्थ्यसम्बन्धि विभिन्न फाइदा पाउनुका साथै गम्भीर रोगबाट बच्न सक्नुहुन्छ । नियमित मर्निङ वकले तपाईंलाई मोटोपना, हृदयरोग, पेटको रोग आदि विभिन्न समस्याबाट टाढा राख्छ । आउनुहोस्, बिहान हिँड्नुका फाइदाबारे जानकारी लिऔं ।


ADVERTISEMENT


१. हिँड्नु निकै लाभकारीः
मानिसहरु स्वस्थ र फिट रहनका लागि विभिन्न तरिका अपनाउँछन् । जस्तै व्यायाम गर्नु, जिम जानु वा योगा गर्नु । तर मेडिकल साइन्सले शरिरलाई स्वस्थ र फिट राख्नका लागि बिहान र बेलुका हिँड्नु निकै लाभकारी मान्दछ ।


ADVERTISEMENT

# # #


२. मधुमेहबाट बचाउँछः
मधुमेह रोगीले नियमित रुपमा हिँड्दा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । नियमित रुपमा बिहान हिँड्ने मधुमेह रोगीले आफ्नो रगतमा चीनिको मात्रा कम पाउँछन् । यस्ता बिरामीका लागि इन्सुलिनको साटो मर्निङ वाक राम्रो विकल्प हुन्छ ।

३. स्वस्थ हृदयः
चढ्दो उमेरमा हरेक दिन कम्तीमा तीन चार किलोमिटर हिँडे मांसपेशीका लागि राम्रो व्यायाम हुन्छ । यस्ता मानिसलाई हृदयघातको खतरा पनि कम हुन्छ । छिटोछिटो हिँड्दा मुटुको धड्कन पनि तीब्र हुन्छ जसले शरिरमा गर्मी पैदा गर्दछ । यो क्रममा शरिरमा अक्सिजनको निकै राम्रो असर हुन्छ जसले तपाईंलाई सधैं चुस्त दुरुस्त राख्न सहयोग गर्दछ ।

४. तौल कम गर्छः
तौल घटाउनका लागि दैनिक बिहान छिटोछिटो हिँड्नु निकै फाइदाजनक हुन्छ । आधा घण्टामा तय गरिएको दुरीमा १ सय ५० क्यालोरी ऊर्जा खर्च हुन्छ । यसरी शरिरको तौललाइ नियन्त्रणमा राख्न सकिन्छ ।

५. तनाव कम गर्छः
हिँड्दा तपाईंको शरिरको व्यायाम मात्र होइन यसले तपाईंको मुडलाई पनि राम्रो बनाउँछ किनभने यतिबेला स्ट्रेस कम हुन्छ र आन्तरिक शक्तिमा बढोत्तरी हुन्छ । सुरुवातमा मर्निङ वाकले तपाईंलाई थकान महसुस गराउला तर बिस्तारै यसको बानी पर्छ ।

६. अर्थराइटिसबाट बचाउँछः
शरिरको जोर्नीलाई बलियो र फिट राख्न नियमित रुपमा हिँड्नु एक अचुक उपाय हो । अर्थराइटिस र हड्डी भाँच्चिएको अवस्थामा मर्निङ वाकले निकै राहत पुर्याउने गर्दछ । महिनावारी सुकिसकेको महिलाले यदि नियमित रुपमा दुई–तीन किलोमिटर हिँडे उनको शरिरको हड्डीको घनत्वमा वृद्धि हुन्छ ।

७. लामो उमेरको राजः
हरेक दिन तीब्र रुपमा हिँड्दा तपाईंको उमेर बढ्छ । एक नायाँ शोधका अनुसार ७५ मिनेटसम्म तीब्र गतिमा हिँडे तपाईंको उमेर १.८ वर्ष बढ्ने गर्दछ ।

८. स्तन क्यान्सरबाट जोगाउँछः
एक नयाँ अनुसन्धान अनुसार महिनावारी सुकिसकेपछि प्रतिदिन एक घण्टा टहल्दा महिलामा स्तन क्यान्सरको आशंका निकै कम हुन्छ । ‘दि अमेरिकन क्यान्सर सोसाइटि’ को समूहका अनुसार यदि महिलाले मर्निङ वकलाई आफ्नो दिनचर्यामा नियमित समावेश गर्छन् भने क्यान्सरको खतराबाट बच्न सकिन्छ ।

९. मानिसक स्वास्थ्यः
जो मानिस हरेक दिन मर्निङ वक गर्छन् उनीहरुको स्मरणशक्ति अन्य मानिसको तुलनामा उत्कृष्ट हुन्छ । यसले ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि बृद्धि गर्छ । प्रकृतिको नजिक हिँड्दा तपाईंको तन–मन रिल्याक्स हुन्छ र सोच्ने क्षमता सजिलै बढ्ने गर्छ । नकारात्मक सोच राख्ने व्यक्तिहरुका लागि मर्निङ वक एक वरदान सरह हो ।

१०. कोलेस्ट्रोल कम गर्छः
शरिरमा कोलेस्ट्रोलको स्तर बढ्दा हृदय रोग, रक्तचापको खतरा बढ्छ तर यदि तपाईं दैनिक आधा घण्टा हिँड्नुहन्छ भने शरिरमा गुड कोलेस्ट्रोलको स्तर बढ्छ जुन शरिरका लागि आवश्यक र फाइदाजनक छ ।