चितवन(रासस)–नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालिखोला नजिक पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको छ ।


ADVERTISEMENT


नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


पहिरो झरे लगत्तै पहिरो पन्छाउने काम सुरु गरिएएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहान साढे पाँच बजेको समयमा पहिरो खसेको हो ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।