काठमाडौं–बलिउड नायिका ऐश्वर्या रायले आइतबार मदर्स डेको अवसरमा छोरी आराध्यालाई चुम्बन गरेको फोटो सेयर गरिन् । फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्नु अघि उनले छोरीलाई ओठमा चुम्बन गरेकी हुन् । आफ्नो इन्टाग्रामको आधिकारिक पेजमा सेयर गरेको उक्त फोटोमा उनले आफूलाई संसारको सबैभन्दा खुसी आमा बताउँदै क्याप्सन लेखेन्, ‘LOVE YOU UNCONDITIONALLY💖😘😇✨Happiest Mama in the World 😍’


ADVERTISEMENT


https://www.instagram.com/p/BiuaI5Dl0bR/?utm_source=ig_embed


ADVERTISEMENT

# # #


सोसल मिडिया प्रयोगकर्ताले ऐश्वर्याको उक्त फोटोमा एकातिर आमाको माया, विशद्ध माया भनी तारिफ गरे भने कतिले भद्दा कमेन्ट्ससमेत गरे । कतिको त कमेन्ट्समा नै झगडासमेत पर्यो ।

कतिले त उक्त फोटोमा यस्ता कमेन्ट्स गरेका छन् जुन पढ्नसमेत असजिलो हुन्छ । एक ट्रोलरले छोरीको ओठमा चुम्बन गर्नु निकै भयानक भएको बताए ।

ट्रोलरको अट्याक चुम्बनसम्म मात्र सिमित थिएन । एक व्यक्तिले त ऐश्वर्याको सेक्सुअल ओरियन्टेशनमा नै प्रश्न गरे । आमा छोरीबीचको उक्त प्रेमलाई मानिसहरुले यौनहिंसासम्म बताए ।

एक प्रयोगकर्ताले लेखे, ‘मैले बुझ्न नसकेको कुरा के हो भने कसैले ५–६ वर्षकी बालिकालाई कसरी चुम्बन गर्न सक्छ ।’

यस्ता कमेन्ट्समाथि ऐश्वर्याका प्रशंसकले निकै आलोचना गरेका छन् ।