काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी एकता गर्न लागेकोमा गौरवान्वित भएको बताएका छन् ।


ADVERTISEMENT


एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भण्डारीको अवसानकै दिन एमाले र माओवादीबीच एकता हुने भएकाले गर्व लागेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रम माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित थिए ।

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक केहीबेरमा बस्दैछ। नयाँ पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

एमालेका तत्कालीन नेता भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएको थियो ।