नवलपरासी–नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समिति नवलपुरका सदस्य मक्करध्वज गुरुङको दुर्घटनामा मृत्यु भएको छ ।


ADVERTISEMENT


मध्यविन्दु नगरपालिका–१५, डेवरमा रोकी राखेको लु २ प नम्बरको ट्याक्टरमा गुरुङ सवार लु ४५ प १२५ नम्बरको मोटरसाइकल ठोक्किँदा उनी गम्भीर घाइते हुन पुगेका थिए । प्रहरीका अनुसार, चितवनकोे भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ९ बजे उनको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनको उपचारमा संलग्न चिकित्सकले अण्डकोष फुटेर अत्यधिक रक्तश्राव भएका कारण उनलाई बचाउन नसकिएको जानकारी दिए । मध्यविन्दु नगरपालिका–१५ को वडा सदस्यमा निर्वाचित गुरुङ पछि समन्वय समितिको निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए । गुरुङ कांग्रेसतर्फबाट वडासदस्य तथा समन्वय समितिको सदस्यमा निर्वाचित भएका हुन् ।

उनको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भइरहको जिल्ला समन्वय समिति, नवलपुरका स्थानीय समन्वय अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

त्यस्तै बिहीबार बिहान बिग्रेर रोकी राखेको ट्रकसंग मोटरसाइकल ठक्कर खाँदा कावासोतीमा एक जनाको निधन भएको छ । उनको सनाखत हुन सकेको छैन ।