काठमाडौं–नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध गर्दै प्रर्दशन गरेको छ ।


ADVERTISEMENT


नेविसंघले बिहिबार बिहान काठमाडौको त्रिचन्द्र क्याम्पस अगाडि मूल्यबृद्धिको विरोधमा प्रर्दशन गरेको हो ।


ADVERTISEMENT

# # #


प्रर्दशनमा नेविसंघ त्रिचन्द्र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कालोबजारी अन्त्य गर्नुपर्ने, बढेको मूल्यबृद्धि खारेज गर्नुपर्ने लगायतका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाका दरले मूल्य बृद्धि गरेको थियो ।

मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एकसय दश रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।