काठमाडौं–नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।


ADVERTISEMENT


उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएको उनको तर्क छ ।


ADVERTISEMENT

# # #


उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।

माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।