काठमाडौं–गृहमन्त्री रामबहादुर थापा’बादल’ले निर्माण्का काममा लापरवाही गर्ने ठेकेदारको सूची मागेका छन् ।


ADVERTISEMENT


लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गरेका गृहमन्त्रीको निर्देशनपछि बुधबार गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।


ADVERTISEMENT

# # #


अबको एक हप्ताभित्र देशभरबाट यस्ता ठेकोदरको सूची मन्त्रालयमा आउनेछ । बिहीबार बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्री बादलले यस्तो सूची बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री बादलको निर्देशन अनुरुप गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्र गरेको हो ।

परिपत्रमा भनिएको छ, ”जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने र्फम, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने ।”

गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्ने बिहीबारको बैठकमा निर्देशन दिएका थिए ।