मोरङ(रासस)–मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सोल्टी खोलामा बाँध निर्माणका लागि लगाइएको ताराजालीमा अज्ञात पक्षले क्षति पु¥याएको छ ।


ADVERTISEMENT


पथरीशनिश्चरे–२ तर्फको दोगडे पैनी संरक्षणका लागि ढुंगा भरेका आठवटा स्पर तारजाली अज्ञातरुपमा काटेर क्षति पु¥याइएको पाइएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले जनाउनुभयो ।


ADVERTISEMENT

# # #


तारजाली काटेर क्षति पु¥याएको अवस्थाका बारेमा नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्ष यामप्रसाद गुरागाईं तथा सिमानामा पर्ने उर्लाबारी–३ का अध्यक्ष गञ्जबहादुर कार्कीसहितका जनप्रतिनिधिले तार जाली लगाउने बताएका छन् ।

जाली काट्ने पक्षको खोजी गरी कारबाही गरिने दुवै नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । त्यहाँ तारजालीको स्पर निर्माणका क्रममा उर्लाबारीतर्फ कटान हुने सम्भावना भएको ठहर गर्दै जालीलाई छोटो बनाउने सहमति भएपछि जाली काटिएको अवस्थामा फेला परेको हो ।