संजय दत्तकी छोरी त्रिशला दत्त इन्टाग्राममा तस्बिर सेयर गरेर छाएकी छिन् । ह्वाइट बिकिनी लगाएको उनको तस्बिरले इन्टरनेटमा राम्रै हल्काखल्ला पैदा गरेको छ ।


ADVERTISEMENT


उक्त फोटोमा त्रिशलाले लेखेकी छिन्, ‘म गर्मीको प्रतिक्षा गर्न सक्दिनँ ।’ तस्बिर हेरेपछि उनलाई प्रशंसकहरुले बलिउडमा प्रवेश गर्न सल्लाह दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


त्रिशला बलिउडबाट टाढा रहेपनि उनी बारम्बार चर्चामा आउने गर्छिन् । उनी आफ्ना तस्बिर धेरैजसो सोसल मिडियामा सेयर गर्ने गर्छिन् जसका कारण सोसल मिडियामा उनको फ्यान फलोविङ बढ्दो छ ।

स्मरण रहोस्, त्रिशला संजय दत्तकी जेठी श्रीमती ऋचा शर्माकी छोरी हुन् ।