काठमाडौँ– करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ ।


ADVERTISEMENT


आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी क्षेत्रमा पुर्याउने तथा विद्युत्भार कटौतीलाई पूर्णरुपमा अन्त्य गर्ने सरकारको तयारी छ ।


ADVERTISEMENT

# # #


ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार रु दुई अर्बको लागत रु ४० अर्ब जोगाउनका लागि एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको हो । करिब २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्यअनुसार करिब रु ४७ अर्ब लागत आवश्यक पर्दछ । एक एलइडी बल्बका लागि भारतीय रुपैयाँ ६५ पर्दछ भने बजार मूल्य रु ३५० देखि रु ४०० सम्म पर्दछ ।

एलइडी बल्बको औसत आयु ५० हजार घन्टा रहेको छ । त्यसको तुलनामा सिएफएल बल्बको १० हजार घन्टा, ट्युबलाइटको १५ हजार घन्टा र सामान्य बल्बको एक हजार घन्टा रहेको छ ।

भारत सरकारले विभिन्न १६ राज्यमा एलइडी बल्ब प्रयोगमा ल्याएको छ । त्यसबाट करिब १० हजार मेगावाट बराबरको ‘पिक लोड’ व्यवस्थापन गर्न सफल भएको छ ।