काठमाडौं–प्रदेश ३ का सडकमा धूलो उडेर हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब चिन्ता नगर्नूस्, प्रदेश ३ सरकार सडकलाई धूलोमुक्त पार्ने योजनाका साथ अघि बढेको छ । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित सडकलाई धूलोमुक्त पार्न जुटेका हुन् । त्यसका लागि अमेरिकी कम्पनीसँग सम्झौता गर्ने तयारी भएको छ ।


ADVERTISEMENT


सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौताको तयारी गरिएको जानकारी मन्त्रालयले दिएको छ । इक्वेडर, पेरु, रोमानिया, कोस्टरिका जस्ता मुलुकमा यही प्रविधिबाट सडकहरु निर्मित छन् ।


ADVERTISEMENT

# # #


शनिबार गोकर्ण रिसोर्टमा उक्त प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियोे । भेलामा एग्री विन्ड केमिकलको नेपाली प्रतिनिधि कम्पनी इकोसेन्टकका सुनील लोहियाले केमिकल प्रयोगबारे जानकारी गराए ।

कार्यक्रममा एग्री विन्डका अध्यक्ष रोबर्ट फ्रीजमेनले उक्त केमिकलको प्रयोगबाट कम्तीमा पाँच वर्षसम्म सडकमा कुनै समस्या नआउने भन्दै यदि समस्या आएमा कम्पनीले त्यसको ग्यारेन्टी लिने बताए । मन्त्री स्थापितले सार्वजनिक खरिद ऎन संशोधन नभएसम्मका लागि उपभोक्ता समितिको निर्णयका आधारमा काम थाल्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

उनले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको पनि सुनाए ।