काठमाडौँ– प्रधानन्यायाधीश सुशिला कार्की र राष्ट्रपति विद्या भण्डारीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।


ADVERTISEMENT


भेटमा प्रधानन्यायाधीस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि छलफल हुने बताइएको छ । राष्ट्रपति भण्डारीको स्वकिय सचिवालयको सदस्य दीपा शर्माका अनुसार प्रधानन्यायाधीश कार्की कानुन दिवसको निमन्त्रणा दिन राष्ट्रपति कार्यलय गएकी हुन् । बेलुका ५ बजेयता दुईबीचको भेटवार्ता जारी छ ।


ADVERTISEMENT

# # #


सत्तारुढ दल कंग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग दर्ता गराएपछि निलम्बित भएकी प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतले महाअभियोग रोक्न अन्तरिम आदेश दिएसंगै गत शुक्रबारबाटै काममा फर्किएकी थिइन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले आउँदो जेठ २४ गते उमेरहदका कारण अवकाश पाउँदै छिन् ।