काठमाडौँ– सर्वोच्च शिखर सगरमाथाको २२ औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम राखी फर्किएका कामी रिता शेर्मालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारजनका सदस्यहरुले स्वागत गरेका छन् ।


ADVERTISEMENT


कामिरितासहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही थिए । त्यही दिन उनीहरुसहित ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि आप्पा शेर्पा र फुर्वा तासि शेर्पासहित कामिरिताको नाममा २१ पटक सगरमाथा पुगेको कीर्तिमान थियो । २२ औँ पटक सगरमाथा पुगेर कामिरिताले विश्व कीर्तिमान आफ्नो नाम राखेका हुन् । आप्पा र फुर्वाले सगरमाथा आरोहणबाट छाडिसकेका छन् ।

सोलुखुम्बुको थाने घर भएका कामिरिता सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको शिखरमा पुगेका थिए । दुई वर्ष पहिले उनी चीनतर्फबाट पनि सगरमाथाको शिखरमा पुगेका थिए ।
तस्बिरहरु : रासस